Breaking
March 13, 2026

बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् ।

महोत्तरीको बर्दिवासमा लघु बित्तिय संस्था विरुद्ध संघर्ष समिति मधेश प्रदेशको आयोजना भएको कार्यक्रममा सहभागी भई पथलैया तर्फ जाँदै गरेको बस बिहीबार साँझ ७ बजे अनियन्त्रित भई दुर्घटना भएको हो ।

ईश्वरपुर नगरपालिका वडा नम्वर १३ पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाँके जंगलको घारी बथान जाने चोक नजिक तीब्र गतिको कारण आफंै अनियन्त्रित भई पल्टिदा १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बर्दिवासबाट पथलैया तर्फ जाँदै गरेका ना. ७ ख. ३६४३ नम्वरको सिटी राईड बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए ।

बस दुर्घटनामा बाराकी लक्ष्मी देवी थरुनीको , राजवती महरा, रुमा कुमारी चौधरी, शुशिला सिंह, सविता सिंह, चनिया देवी दनुवार, पर्साकी लालपरी देवी लगायत घाइते भएको उनले बताए । उनका अनुसार  घाइते यात्रुहरुको लालबन्दीका अस्पतालमा उपचार भईरहेको छ ।बसमा  ३७ सबार रहेको प्रहरीले जानकारी दिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *