Breaking
March 12, 2026

सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जब विद्यार्थीहरु राम्रो हुन्छन् तब मात्र समाज राम्रो हुने बताएका छन् ।

शनिबार विश्व निकेतन माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री सिंहले सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका धेरै भएकाले  सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘विद्यार्थीहरु जब राम्रो हुन्छन् तब मात्र समाज राम्रो हुनसक्छ ।  सकारात्मक समाज निर्माणमा विद्यार्थीको भूमिका धेरै भएकाले सबैभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गर्नुपर्ने आवश्यक छ । तपाईं  हामीले एउटा कुरा छुट्याउन सक्नुपर्दछ । राजनीतिमा लागेको मान्छे काम नलाग्ने हो समाजको लागि  भन्नुहुन्न । राजनीतिमा लागेको मान्छेले धेरै नै शिक्षाको क्षेत्रमा विकास गरेको छ ।’

साथै उनले अहिलेको समाजमा राजनीतिमा लागेको मान्छेले समाजमा केही गर्दैन भन्ने भाष्य सिर्जना भएको बताए । उनले कसैको लहलहैमा लागेर सहि र बेठिक कुरा छुट्याउनमा झुक्किनु नपर्ने बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *