Breaking
March 12, 2026

सम्बन्धविच्छेदको मुद्दामा गायिका एलिनाले पतिमाथि कस्ता आरोप लगाएकी छन् ?

काठमाडौँ । गायिका एलिना चौहानले शुक्रबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको सम्बन्धविच्छेदको मुद्दामा पति विष्णु सापकोटामाथि विभिन्न आरोप लगाएकी छन् ।

एलिनाले गत वैशाख ५ गते आफूहरूबिच मायाप्रेमका आधारमा सामाजिक परम्परा अनुसार विवाह गरेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफूहरूबिचको वैवाहिक सम्बन्धबाट कुनै जायजन्म नभएको र आफू गर्भवतीसमेत नरहेको प्रस्ट पारेकी छन् ।

‘म फिरादी र विपक्षी प्रतिवादीबिच विवाह भएको एक महिनापछि अस्ट्रेलिया गएको पनि ऐलिनाले सम्बन्धविच्छेदका लागि दायर गरेको निवेदनमा उल्लेख गरेकी छन् ।

‘म कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नुपर्ने हुँदा विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बिचमै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पु¥याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो,’ एलिनाले अदालतमा दिएको निवेदनमा भनिएको छ ।

यस्तैमा आफू तीन महिनापछि नेपाल फर्किएको उल्लेख गर्दै एलिनाले निवेदनमा ‘नेपाल फर्किएपछि पनि म कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बिचको वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने’ उल्लेख गरेकी छन् ।

पतिसँग भावनात्मक रुपमा सम्बन्ध सुमधुर कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति–पत्नीको सम्बन्धमा रहनु÷बस्नुभन्दा सम्बन्धविच्छेद गरी स्वतन्त्र भइ आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेको एलिनाको जिकिर छ ।

उनले अंश तथा माना चामल नलिने गरी सम्बन्धविच्छेद चाहेको पनि उल्लेख गरेकी छन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *