Breaking
December 27, 2025

सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्छ : बडू

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् । आफूले उद्योग मन्त्रालयको नेतृत्व लिएको बेला रुग्ण उद्योग सञ्चालनका लागि तयार पारिएको प्रस्ताव अर्थ मन्त्रालयको निजीकरण समितिमा पुर्‍याएको उल्लेख गर्दै उनले त्यसैलाई आधार बनाएर सरकारले विराटनगर जुटमिल, जनकपुर चुरोट कारखानालगायतका रुग्न उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै सांसद बडूले रुग्ण उद्योगहरूको तथ्याङ्क सङ्कलनका लागि छुट्टै पुस्तिका तयार पारी सार्वजनिक गर्ने काम आवश्यक नभएकाले सरकारले त्यस्तो काममा बजेट खर्च गर्न नहुने बताए । उनले रुग्ण उद्योग सञ्चालनका लागि छुट्टै कार्यक्रम नल्याएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरे ।

सांसद बडूले रुग्न उद्योग सञ्चालनका लागि आफूले सो मन्त्रालयको नेतृत्व लिएको बेला तयार पारेको सञ्चालन प्रस्तावलाई सरकारले पुँजीको रूपमा लिएर अघि बढाउन सक्ने बताए । सांसद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमा राम्रा नारा दिए पनि त्यसलाई अघि बढाउने खालको बजेटको व्यवस्था हुन नसकेको भन्दै आपत्ति जनाए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *