Breaking
March 15, 2026

राजु गिरीको नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’मा जितु नेपाल

राजु गिरीको नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’मा कलाकार जितु नेपाल मुख्य भुमिकामा देखिने भएका छन । भदौ अन्तिमबाट फ्लोरमा जाने फिल्मको केहि समय अघि एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो ।

जितु नेपालको मुख्य भुमिका रहने पक्का भएपनि लिखित सम्झौता भई नसकेको निर्माण पक्षले बताएको छ । जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण रहने बताइएको छ । निर्देशक गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेखेका हुन ।

बाबुल गिरीको संगीत रहने फिल्मलाई आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्दैछन ।

निर्देशक गिरीको नयाँ फिल्म ‘ईश्वर’ यहि साउन ११ गतेबाट प्रदर्शनमा आउदै छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *