Breaking
March 15, 2026

काठमाडौंको भोटेबहालमा १४ लाख बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ ।

भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठामा चोरी भएको हो ।

उनको कोठाबाट ९ तोला सुन र नगद ८० हजार रूपैयाँ गरी करिब १४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

दिउँसो कोही नभएको मौकामा चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरू अहिलेसम्म पक्राउ परेका छैनन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *