Breaking
December 14, 2025

काठमाडौं । केशरमहल–सञ्चयकोष हुँदै ठमेल निस्कने सडक बन्द भएको छ ।

विद्युत तार अन्डरग्राण्ड गर्ने काम भइरहेकाले उक्त सडक खण्ड बन्द गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले जनाएको छ ।

अहिले काम भइरहेकाले केशरमहल चोकबाट सञ्जयकोष हुँदै ठमेल निस्कने सडकमा सवारी साधनलाई प्रवेश रोक लगाइएको हो ।

अहिले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्स मोड हुँदै ठमेल्तर्फ जान सकिने ट्राफिकले जनाएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *