काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष प्राथमिकतामा पर्नुपर्ने बताएका बताएका छन् । आफूहरुको प्राथमिकता संविधान संशोधन भन्दा कार्यान्वयनमा रहेको पनि उनले बताए ।
बुधबार सम्पादकहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले भने, ‘अहिले हाम्रो प्राथमिकता संविधान संशोधन होइन कार्यान्वयन हो ।’
नेपाली कांग्रेस र नेकपा एमालेले प्रचण्ड नेतृत्वको सरकार ढाल्दा संविधान संशोधन गर्ने एजेण्डा अगाडि सारेका थिए । संघीय संसदको सबैभन्दा दुई ठूला दल कांग्रेस र एमालेले सरकार बनाएका छन् । यसो गर्नुको कारण नेपालको संविधान २०७२ मा समयानुकुल आवश्यक संशोधन गर्नु रहेको दुवै दलका नेताहरूले बताउँदै आएका छन् ।
कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच गत असार १७ गते मध्यराति भएको समझदारीमा पनि संविधान संशोधन गर्ने विषय समावेश छ ।
तर, संविधानको कार्यान्वयन नै भइनसकेको माओवादी अध्यक्ष प्रचण्डले बताए ।