अग्रिम टिकट बुकिङबारे यातायात व्यवसायीसँग छलफल गर्दै मन्त्रालय

काठमाडौँ । दसैँका लागि यातायात सञ्चालनको सम्बन्धमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीलाई बोलाएको छ । मन्त्रालयले बुधबार अपराह्नका लागि छलफलका लागि डाकेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए । 

छलफलको क्रममा मुख्यतया सडकको अवस्था, रुट परमिट खुला गर्ने तथा अग्रिम टिकट बुकिङको सम्बन्धमा छलफल हुने उनले बताए । आजको छलफलपछि यातायात व्यवस्था विभागको नेतृत्वमा व्यवसायी र मजदुर सम्मिलित कार्यदलले यसको व्यवस्थापन गर्नेछ । यो वर्ष पनि पोहोरजस्तै दसैँ आउनुभन्दा एक साता अघि मात्रै बुकिङ खुला हुने सम्भावना रहेको स्वाँरको भनाइ छ ।

Share the Post

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *