काठमाडौँ । विभिन्न देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइबाट पारित निर्णयमा दुई जना सांसदले फरक मत राखेका छन् । १७ देशको राजदूतका लागि सरकारले सिफारिस गरेका नाममध्ये १६ देशका प्रस्तावित राजदूतको नाम समितिले बिहीबार अनुमोदन गरेको छ ।

त्यसमध्ये दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित र मलेसियाका नेत्रप्रसाद तिम्सिनामा उच्च नैतिक चरित्र नभएकाले उनीहरूलाई राजदूतमा नियुक्त गर्न नहुने प्रस्ताव सांसद डोलप्रसाद अर्यालले राखेका थिए ।

त्यसैगरी अर्का सांसद प्रकाश अधिकारीले भारतका लागि राजदूतमा सिफारिस डा.शंकर शर्मा, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित नियुक्त हुन अयोग्य रहेको भन्दै फरक मत राखेका थिए ।

Share the Post

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *