कांग्रेसको मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसले मानव अधिकार विभागमा १० जना समस्य मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेका हुन् । 

मनोनीत सदस्यहरुमा सर्मिला अधिकारी, दुर्गाबहादुर सुवेदी, डा वासुदेव गिरी, कृष्ण चौधरी, रोहित पौडेल, रामकृष्ण प्रजा, माया बराल, मोहन परियार, चन्द्रप्रकाश अधिकारी र पुष्पराज पाण्डे रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

Share the Post

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *