Breaking
January 1, 2026

अरनिको माविको बसले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौँ । मोरङको रङेली नगरपालिका–२ चेका पुलमा बसको ठक्करले एक जनाको मृत्यु भएको छ ।  बसको ठक्करबाट साइकल यात्री धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो। उनलाई विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले ठक्कर दिएको हो । 

विद्यार्थी लिन गएको उक्त बसले ठाकुरलाई बिहान ९ः४५ बजेतिर बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि रङेली अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनको शवलाई पोस्टमार्टमका लागि रङेली अस्पतालमै राखिएको छ। बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले जानकारी दिए। बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *