Breaking
December 30, 2025

दाङमा बस  र ट्रक  ठोक्किँदा  १९ जना घाइते

काठमाडौँ । दाङमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोलामा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ३८४८ नम्बरको बस आज  एकापसमा ठोक्किँदा १९ जना घाइते भएको  जिल्ला  प्रहरी कार्यालय दाङले जनाएको  छ।

घाइते सबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार घाइते सबैजना बसका यात्रु हुन् भने सबैको अवस्था सामान्य रहेको छ । बस र ट्रक चालकका दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले  जनाएको  छ। 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *