Breaking
December 31, 2025

अस्पतालको भीड व्यवस्थापन गर्न यी योजनाहरू अघि सार्दै मन्त्री प्रदीप पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको भिड व्यवस्थापन गर्न विभिन्न योजनाहरू अघि सारेका छन् । स्वास्थ्य सेवा सुधारका लागि ९ बुँदे पत्र सङ्घीय अस्पतालहरूलाई पठाइ भिड व्यवस्थापनको योजनाको अघि सारेको मन्त्री पौडेलको सचिवालयले जनाएको हो ।

सेवाग्राहीको चाँप न्यूनीकरण गर्न अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गर्न, ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ अनुसार सेवा लागू गर्न, अस्पतालमा शय्या नपाइने अवस्थालाई अन्त्य गर्न व्यवस्थापकीय पक्ष बलियो बनाउन लगायत ९ बुँदे पत्र सङ्घीय अस्पतालहरूलाई पठाइएको जनाइएको छ ।

संघीय अस्पताललाई पठाएको ९ बुँदे निर्देशन

१ सेवाग्राहीको चाँप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपिडी सेवा सञ्चालन गर्ने ।

२ “विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्ने । प्राप्त सुझावका आधारमा उपरोक्त कार्यविधि परिमार्जन गरिनेछ ।

३ चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबिच समयको तारतम्यता मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने ।

४ अस्पतालका कतिपय विभागहरूमा पाँच वा सो भन्दा युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदा हुँदै पनि ओपिडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएकोले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने ।

५ स्वास्थ्य बिमा कार्यक्रमबाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखी अटुट र अटिछिन्न सेवा प्रवाह गर्ने ।

६ अस्पतालमा सेवाग्राहीहरूको भीड व्यवस्थापनका लागि तपसिल अनुसार गर्नेस् सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने सेवा, अनलाइन समय व्यवस्थापन ९टोकन नं अनुसारको समय जानकारी गराउने०, विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने आदि ।

७ सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने।

८ अस्पतालको कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुँदा पनि सेवाग्राहीको अव्यवस्थित भीड अस्पतालमा हुने हुँदा सोको निराकरणका लागि नक्सा वा स्वयं सेवक परिचालन सबैले देखिने गरी सेवाग्राही लक्षित विभिन्न ठाउँमा टाँस गर्ने ।

९ सार्वजनिक सेवा प्रवाहका अभिन्न अङ्ग जस्तैस् सोध पुछ÷सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी, सफा शौचालयको व्यवस्था मिलाउने ।

मन्त्रीले संघीय अस्पताललाई साउन ४ गते यी नौ बुँदे निर्देशन दिएका थिए । यही विषयलाई टेकेर साउन ११ गते देशभरका विभिन्न अस्पतालका प्रमुखसँग भरच्युअल छलफल गरेका छन् ।

मन्त्री पौडेलले देशभरका मुख्य अस्पताल प्रमुखहरूसँग भरच्युअल माध्यमबाट स्वास्थ्य क्षेत्र सुधार गर्नुपर्ने विषय छलफल समेत गरेका छन् । उनले स्वास्थ्य क्षेत्रमा सुधार गरेका विभिन्न पक्षलाई लिखितरुपमा जानकारी गराउन आग्रहसमेत गरेका छन् । ‘सेवा प्रवाह गर्न भएका प्रयास के के भए ?’, ‘नागरिकलाई सहज तरिकाले सेवा प्रवाहका लागि कुन कुन विषय कार्यान्वयन गर्नुभयो, तपाईँहरूका कार्यक्रम के के छन्? ९ बुँदे बाहेक सेवा प्रवाह सहज बनाउन के के विषयमा सेवा थप गर्नु भयो ? जानकारी गराइदिनु होला ।’

दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरेको, केही अस्पतालमा विस्तारित सेवा लागू गरेको, चिकित्सकको राउन्ड, बिरामी भर्ना, डिस्चार्जमा समय व्यवस्थापन गरि सहजीकरण सुरु गरिएको अस्पताल प्रमुखहरूको दाबी रहेको सचिवालयले जनाएको छ ।स्वास्थ्य बिमा कार्यक्रम लागू भएका अस्पतालमा औषधिको उपलब्धता कम भएको र औषधिको गुणस्तर समेत कम रहेको हुँदा थप चुनौती बढेको पाइएको छ ।

भिड व्यवस्थापनका लागि काम सुरु गरेको, काउन्टर थप गरेको, टोकन प्रणाली लागू गरेको, अनलाइन टिकट व्यवस्थापन गरेको, विद्युतीय भुक्तानी प्रणाली व्यवस्थित गरेको, अस्पतालको सेवा सम्बन्धी जानकारी प्राप्त गर्न कार्य सुरु गरेको र अस्पतालमा सोधपुछ तथा गुनासो सुन्ने कक्ष व्यवस्थित गरेको अस्पताल प्रमुखहरूको दाबी गरेको सचिवालयले बताएको छ ।

सोही छलफल कार्यक्रममा मन्त्रीले खाने पानी, अपरेसनको पालो लगायत विषयलाई व्यवस्थित गर्न आग्रह गरे । ‘सरकारी अस्पतालप्रति आम नागरिकको गुनासो बढेको बढ्यै छ, अस्पताल सफा हुन्न, सफा खाने पानी छैन,’ उनले भने,‘लाइन लामो हुन्छ, अपरेसनको पालो एक वर्षपछि आउँछ भन्ने जस्ता सामान्य कुरामा पनि नेगेटिभ कुरा धेरै भयो, अत्यन्तै गम्भीर भएर व्यवस्थापन गरिदिनुस् ।’

मन्त्रीले डिउटीको समयमा अनिवार्य अस्पतालमै रहन आग्रह समेत गरेका थिए । ‘डिउटीको समयमा कोही पनि अनुपस्थिति हुनु हुँदैन,’ उनले भने, ‘यसलाई कडाइका साथ लागू गर्न जरुरी छ ।’

साधन स्रोत, भौतिक संरचना र जनशक्ति कम रकेको भन्दै यस्ता विषयलाई दीर्घकालीन योजना अन्तर्गत रहेर थप छलफल गरेर कार्यान्वयनमा जानु पर्ने बताए ।

तत्काल उपलब्ध रहेको साधन स्रोत र भौतिक संरचना अनुसार सेवा प्रवाह गर्न आग्रह गरे ।

रिपोर्ट लिने, टोकन लिने लगायतका सेवालाई अनलाइन, अस्पतालको पेज वा कुनै अनलाइन माध्यमबाट आवश्यक सूचना तथा जानकारी, अस्पतालमा कति बेड छ, अपरेसनको समय उपलब्धता, आइसीयुको अवस्था लगायतका विषयमा सार्वजनिक गरेर आम नागरिकलाई सहज हुने वातावरण मिलाउन अस्पतालका प्रमुखहरूलाई आग्रह गरे ।

सोही भच्र्युअल माध्यमबाट मन्त्रालयका सचिव रोशन पोख्रेलले ल्याब रिपोर्टको लाइन बस्न नपर्ने गरी डिजिटल व्यवस्था गर्न,अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध गराउन, आकस्मिक कक्षमा कसरी क्षमता बेड बढाउन सकिन्छ प्रयास गर्न आग्रह गरे । ‘सर्जरीका लागि लामो लाइन छ,’ उनले भने, ‘सबै सर्जरीहरू अर्जेन्टिना हुदैनन्र अर्जेन्टिना बाहेक रूटिन सर्जरीहरू कुर्न सकिने कुरा बिरामी र आफन्तहरुलाई राम्ररी बुझाइदिनु हुन अनुरोध छ।’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *