Breaking
December 31, 2025

ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ को प्रथम संस्करण आयोजना

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज गट ट्यालेन्ट’को पहिलो संस्करण आयोजना गरेको छ। रचनात्मकता र सृजनात्मकताको अनन्त सम्भावनाहरूलाई उजागर गर्ने तथा बहुप्रतीभाका प्रतिमूर्तिहरुलाई सम्मान गर्ने उद्देश्यले बैंकका देशभरका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरुको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

“Jyoti’s Got Talent 2024” मा कर्मचारीहरुको लागि “नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविता” गरि पाँच विधा राखिएको थियो भने बालबालिकाहरूका लागि “नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला, जादू, हस्तलेखन, र कविता” गरि सात विधाहरु समावेश गरिएको थियो, जसमा प्रतियोगीहरुको सक्रिय सहभागिता रहेको थियो। 

उक्त खुला आन्तरिक प्रतिस्पर्धात्मक प्रतियोगिताका विजेताहरू बुधवार, बैंकको १६औं वार्षिकोत्सव समारोहको अवसरमा घोषणा गरिएको थियो। विजेताहरुलाई बैंकका अध्यक्ष हरि चन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बधाई ज्ञापन गरे । 

यस कार्यक्रममार्फत, बैंकले कर्मचारीहरूको रचनात्मक सिप प्रवर्द्धन, आत्मविश्वासको अभिवृद्धि, र बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै प्रतिभा उजागर गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *