Breaking
December 31, 2025

संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय समितिको बैठकमा बिरलै बस्ने गरेका छन् । बिहीबार बसेको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा शेरबहादुर देउवा पुगेका थिए। बैठकमा झन्डै दुई मिनेट बसेपछि उनी बैठक कक्षबाट बाहिरिए । 

बैठकमा छात्रवृत्ति ऐन २०२१, विश्वविद्यालय अनुदान आयोगबारे र विद्यार्थीलाई विदेश जान दिइने नो अब्जेक्सन लेटर कुन तहका लागि दिने ? भन्ने विषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी भएका देउबा छलफलमा भाग नलिई हाजिर गरेर बैठकबाट बाहिरिएका हुन् । संसदीय समितिका बैठकहरूमा देउवा नियमित रूपमा आउने गरेका छैनन् ।

आएका बेलामा पनि उनी छलफलमा सहभागी हुने गरेका छैनन् । यता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भने बैठकमा पुरै समय बस्ने र समितिका  छलफलमा सक्रिय  सहभागिता जनाउने गरेका छन्।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *