Breaking
December 31, 2025

गिरीको राजीनामापछि प्रमुख सचेतक र सचेतकको भूमिका निष्क्रिय

काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि  प्रमुख सचेतक तुलसी प्रसाद चौधरी र सचेतक रेखा कुमारी शर्माको भूमिका निष्क्रिय भएको छ । मुख्यमन्त्री  नियुक्तिमा हस्तक्षेप गरेपछि  गिरीले  राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका थिए ।

 एमाले प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले संसदीय दलको नेताले राजीनामा दिएपछि आफूहरू निष्क्रिय भएको बताए ।  उनले भने, ‘हामीलाई नियुक्त लीला गिरीले गरेको हो । संसदीय दलको नेता नै गएपछि प्रमुख सचेतक र सचेतक पद निष्क्रिय हुने हो ।  यसमा हामीले चाहिँ राजीनामा दिनुपर्ने छैन ।’

गिरिले मुख्यमन्त्री नियुक्तिमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय गरेको भन्दै संसदीय दलको नेताबाट राजीनामा दिएको हुन् । एमालेले संसदीय दलका नेता गिरीलाई लुम्बिनीको मुख्यमन्त्री नबनाई उपनेता चेतनारायण आचार्यलाई बनाएको छ । आचार्यले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *