Breaking
December 31, 2025

काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

बुधबार सुनसँगै चाँदी पनि महँगिएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १७९० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *