Breaking
December 31, 2025

२२ वर्षीया युवतीलाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ ।  २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रावाबेसी गाउँपालिका-२ खार्पा बस्ने ३२ वर्षीय टेक बहादुर नेपालीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपालीले ती महिलालाई आफ्नै घरमा लगी आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *