Breaking
December 31, 2025

रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु

काठमाडौँ । रुकुम पश्चिममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा आठबिसकोट नगरपालिका– १२ निवासी ५५ वर्षीय चन्द्रे पुन रहेका छन् । स्थानीय काफलचौर खोला तर्ने क्रममा आज बिहान बगेका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

खोलाले बगाएर मृत्यु भएको सूचना पश्चात् इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक नवीन मरासिनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *