Breaking
January 1, 2026

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौँ । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । जिल्लाको  शुक्लागण्डकी नगरपालिका–७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेखबहादुर थापामगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको हो । 

थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *