Breaking
January 1, 2026

दोहोरी गायिका इब्सल बनिन् मोडल

काठमाडौँ । सुरिलो स्वरका कारण लोकदोहोरीमा पछिल्लो समय चर्चामा रहन सफल गायिका इब्सल सन्ज्याल अभिनयमा पनि देखिन थालेकी छन् । अर्जुन सापकोटा र सुनिता बुढाथोकीको स्वर रहेको ‘आधा मुटु’ बोलको गीतमा बनेको भिडियोमा उनले मोडलिङ गरेकी हुन् ।

माया, प्रेम, वियोग समेटिएको भिडियो अभिनयमा इब्सललाई गायक अर्जुन सापकोटाले अभिनयमा साथ दिएका छन् । भिडियोमा प्रेमकथा बुनिएको छ । मदन सापकोटाको शब्द, मोहन नेपालीको संगीत, पूर्ण संयोगको एरेन्ज रहेको भिडियोमा रणधिर श्रेष्ठ छायाङ्कन र सम्पादन छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *