काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शपथ समारोहमा बधाई दिन राजनीतिज्ञ, व्यवसायी, कलाकारदेखि विभिन्न पेशा व्यवसायका व्यक्तिहरुको भिड लाग्योे ।
जहाँ फिल्म अभिनेता राजेश हमाल, निर्देशक तथा सञ्चारकर्मी दिनेश डीसी, गायिका इन्दिरा जोशी, गायक शिशिर योगी, पूर्वमिस नेपाल श्रृंखला खतिवडा, गायिका कोमल ओली, मोडल एलिजा गौतम, रेडियो प्रस्तोता सञ्जय गुप्ता र चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी पनि शपथ ग्रहण समारोहमा देखिए ।

