Breaking
January 1, 2026

नारायणीको किनारमा छैटौँ व्यक्तिको शव फेला

काठमाडौँ । चितवनको भरतपुर नगरपालिका–२६ स्थित सिसावारमा थप एक जनाको शव भेटिएको छ । नारायणीको किनारमा पुरुषको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले  बताए ।

शवको पहिचान खुलेको छैन । सशस्त्र प्रहरीको नम्बर–१७ गणबाट खटिएको टोलीले शव फेला पारेर स्थानीय प्रहरीलाई बुझाएको छ । छैटौँ शव सिमलतालबाट बेपत्ता भएको दुई वटा डिलक्स बसको भएको आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । उनले भने– ‘हामी पहिचान र पुष्टि गर्ने प्रयासमा छौँ ।’ 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *