रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–६ निगालपानी निवासी अन्दाजी ३२ ३३ वर्षीय महेश थापा रहेको बताईएको छ ।
दुर्घटनामा परी ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।

