काठमाडौँ । साउथ एसियन ट्राभल अवार्ड्सको ८ औँ संस्करण हुने भएको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । कार्यक्रम साउन ४ गते काठमाडौँस्थित एक होटलमा आयोजना हुने बताइएको छ ।
नेपाल पर्यटन बोर्ड र होटल एसोसिएसन अफ नेपाल (हान) को सहयोगमा नेपाल—साउथ एसियन ट्राभल अवार्ड्सको ८ औँ संस्करण हुन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
कार्यक्रमको उद्देश्य व्यापारलाई प्रवर्द्धन गर्नु रहेको बताइएको छ । आफ्नो भूमिकालाई सुदृढ गर्दै उद्योगमा नयाँ आविष्कार र वृद्धिको पहल गर्न कार्यक्रम हुने आयोजकले बताएको छ ।

