Breaking
December 31, 2025

संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्छः अध्यक्ष मगर

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने बताएका छन् । सोमवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले संक्रमणकालीन न्याय टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने, बालसैन्य, यानजन्य हिंसाहरुलाई सँगै टुंग्याउने गरी नीति बनाउनुपर्ने बताए । 

मगरले पीडकले सजाय पाउने र पीडितले न्याय पाउने गरी संक्रमणकालीन न्याय टुंग्याउन जरुरी रहेको बताए । उनले संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन सबै पक्ष क्रियाशील भइ काम गर्न जरुरी रहेको बताए । उनले भने, ‘संक्रमणकालीन न्यायको टुंगो लगाउँदा पीडितमैत्री हुनुपर्छ, बालसैन्यको कुरा छ । यौनजन्य हिंसाहरुको कुराहरुमा भयो । आदिआदि कुरामा पीडकले सजाय पाउनुपर्छ, पीडितले राहत, क्षतिपूर्ति, परिपूरण पाउनुपर्छ । न्याय पाउने अवस्था सिर्जना हुनुपर्छ ।’

सो अवसरमा आयोगले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म गरेका प्रयास र सार्वजनिक गरेका धारणाहरु समेटेको राष्ट्रिय मानव अधिकार आयोग र सङ्क्रमणकालीन न्याय सम्बन्धी प्रतिवेदन सार्वजनिक समेत गरेको थियो । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *