Breaking
December 31, 2025

केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् ।

सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उपचारको क्रममा उनको भक्तपुर अस्पतालमा मृत्यु भएको हो । उनलाई हृदयघात भएको आशंका गरिएको छ । घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ ।

उनको शव पोष्टमार्टम गरेर शनिवार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *