Breaking
December 31, 2025

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडाैँ । राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।  शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । 

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे । उनले भने, ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’ सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरेको थियो । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *