Breaking
March 15, 2026

४९ हजार भन्दा बढी मतले ओली पराजित, झापा–५ मा बालेनको अभूतपूर्व जीत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत झापा क्षेत्र नं ५ का उम्मेदवार बालेन शाह भारी मतकासाथ विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याउँदै झापाबाट विजय भएका हुन् । बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । बालेनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् । यसैगरी उक्त क्षेत्रमा नेपाली कांग्रेसकी मंधरा चिमोरियाले १८२१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १४६१ मत प्राप्त गरेका छन् ।
ओलीको पक्कड क्षेत्र मानिने यो क्षेत्रमा बालनेको जितलाई देशभरकै रोमाञ्चक जितको रुपमा हेरिएको छ ।
ओलीले संसदीय चुनावमा पराजय खेपेको यो दोस्रोपटक हो । योभन्दा अघि झापाका विभिन्न क्षेत्रबाट उनले ६ पटक जित हासिल गरेका थिए ।
ओली लामो समयदेखि नेपालको प्रमुख राजनीतिक व्यक्तित्वका रूपमा स्थापित छन् । उनी यसअघि दुई पटक नेपालका प्रधानमन्त्री भइसकेका छन् र एमालेका अध्यक्षका रूपमा राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका खेल्दै आएका छन्। त्यसैले पनि ओलीको राजनीतिक प्रभाव रहेको क्षेत्रमा बालेन शाहको जितलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यो निर्वाचनमा विजयी भएसँगै शाह पहिलो पटक संसदीय यात्रामा सफल भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गर्दै उनले संघीय संसदतर्फ आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।
स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेर चर्चा कमाएका शाह अहिले राष्ट्रिय राजनीतिमा प्रवेश गर्न सफल भएका छन्।
युवापुस्तामाझ लोकप्रिय छवि बनाएका शाहको जितलाई नयाँ पुस्ताको राजनीतिक सहभागिता र परिवर्तनको संकेतका रूपमा हेरिएको छ । उनको विजयसँगै स्वतन्त्र राजनीतिप्रति जनतामा बढ्दो विश्वास देखिएको विश्लेषण पनि गर्न सकिन्छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *