Breaking
March 15, 2026

झापा ५ मा बालेन ३८ हजार मतले अगाडि

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा ५ मा जारी मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह भारी मतका साथ अग्रता लिइरहेका छन् ।

हालसम्म बालेनले ३८ हजार ६५ मतले अग्रता गरिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार १०६३७२ मत खसेकोमा ८२११८ मत गणना गर्दा बालेनले ५२ हजार ९६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ मत मात्र प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमोरियाले १४१७ मत प्राप्त गर्दा नेकपामा रञ्जित तामाङले ९९६ मत पाएका छन् ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *