
बाजुरा । बाजुरामा मतगणनाको लागी सर्वदलीय बैठक सुरु भएको छ । सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसँगै अहिले सर्वदलीय बैठक बसेको हो ।
बाजुराका एक सय १८ मतदान केन्द्रकै मतपेटिका मतगणनास्थलमा पुगिसकेका छन्। बैठकमा उम्मेदवार र दलका प्रतिनिधी बोलाइएको छ । बैठकमा मतगणनाको विषयमा छलफल हुने बताइएको छ ।
बैठक पश्चात् पाँच बजेबाट मतगणना हुने अनुमान गरिएको छ ।
