Breaking
March 5, 2026

रौतहटमा पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान : लोकतन्त्र सुदृढीकरणका लागि मतदान गर्न आह्वान



रौतहट । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज रौतहट क्षेत्र नं १ का मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले आ—आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गौर नगरपालिका वडा नं २ स्थित रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन ।
बिहान ७ः५५ बजे मतदान केन्द्र पुगेका उनले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देशको विषम परिस्थितिमा भइरहेको यो निर्वाचनलाई सफल बनाउन सबै मतदाताले सजगता, धैर्यता र जिम्मेवारीका साथ सहभागी हुनुपर्नेमा जोड दिए ।
उनले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि मताधिकारको सही प्रयोग अनिवार्य रहेको बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *