Breaking
March 4, 2026

बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कडा आलोचना गरेका छन् ।
शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले जोकर भनेर सम्बोधन गर्न लागेको बताउँदै शाहलाई पनि विदेशीको स्वार्थ पूरा भएपछि नेता नभएर जोक्कर भनेर बोलाउने बताए ।
उनले भने, ‘आज जेलेन्स्कीको अस्तित्व सक्किएको छ । युक्रेनको अस्तित्व सक्किएको छ । युक्रेन गरिबीको चपेटामा छ । आज नेपालमा सिंगापटार गरिरहेका जेलेन्स्कीहरु सिंगल होइन् ,डबल अवतारमा लम्कीतिर घुमिरहेका छन् । जब विदेशीको स्वार्थ पूरा हुन्छ । बिदेशीले भन्नेछन्, तिमी नेता होइनौं तिमी जोकर हौँ,जोकर भन्ने छन् ।’
त्यस्तै उनले राष्ट्र बेच्न पनि तयार पारिएका जोकरहरूको बारेमा युवा पुस्ताले बुझ्न आवश्यक रहेको बताए ।
रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता नलिने फैसलाप्रति धन्यवाद व्यक्त गर्दै अदालत जलेपछि न्याय जलेको छैन भन्ने प्रमाणित गरेको धारणा राखे ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *