Breaking
December 30, 2025

‘पुजार सार्की’ हङकङमा प्रदर्शन

काठमाडौँ । अभिनेता आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बु र लेखक विकास सुवेदी अहिले हङकङमा छन् । फिल्म ‘पुजार सार्की’को प्रदर्शनका लागि उनीहरु त्यहाँ पुगेका छन् । फिल्मको आइतबार आयोजित शो राम्रो भएको लेखक सुवेदीले बताए ।

‘हङकङमा ‘पुजार सार्की’ले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ’, सुवेदीले भने ‘ यसअघि यहाँ प्रायः सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी फिल्म प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो फिल्म भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा नै चल्यो ।’ यो एउटा एउटा रेकर्ड भएको सुवेदीको भनाई रहेको छ । हङकङको व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले फिल्म हेरेका थिए ।

कलाकारहरूसँग बसेर फिल्म हेर्न पाउँदा दर्शक दङ्ग देखिन्थे । हङकङको लागि वीरेन थापा ‘बिरे’ले फिल्म प्रदर्शन अधिकार लिएका छन् । नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गतेबाट प्रदर्शनमा आएको थियो । दिनेश राउत निर्देशित फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको मुख्य भूमिका छ । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *