Breaking
March 4, 2026

चीनले विकास गरेका ह्युमनोइड रोबोटिक्सको विश्वभर चासो


एजेन्सी । वार्षिक रुपमा अमेरिकाको लस भेगासमा आयोजना हुने विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शो अर्थात प्राविधिक प्रदर्शनी ‘सिइएस’मा चिनिया मानवरूपी रोबोटहरू प्राथमिकतामा परेका छन् ।
चीनले विकास गरेको टीसिएलको एमी रोबोटले घुम्न र अभिनय गर्न पर्याप्त बुद्धिमत्ता प्रदर्शन गर्ने गरेको निर्माताहरुको भनाइ छ । जसले धेरैको ध्यान तानिरहेको छ । चीनको शेन्जेनका ह्युमनोइड रोबोटिक्सले मान्छेले जस्तै सबै काम गर्न सक्नेगरी निर्माण गरिएका छन् ।
निर्माण कम्पनी एजिबोटका प्रवन्धक सन किनका अनुसार रोबोट धेरै लचिलो हुने गरेको र त्यसले मनोरञ्जन कार्यक्रम र शिक्षामा ध्यान केन्द्रित गर्दछ । उनका अनुसार अर्को चरणमा मानिसको घरमा बच्चाको हेरचाह र वृद्धहरूको हेरचाह गर्नेगरी रोबोट तयार गरिनेछ ।
त्यस्तै, चिनियाँ कम्पनी युनिएक्स एआइले पहिले नै हरेक महिना ग्राहकहरूलाई १०० भन्दा बढी वान्डा रोबोर्ट डेलिभर गर्छ । वान्डाले भाँडा माझ्न, ओछ्यान बनाउन र लुगा धुन सक्छ ।
युनिएक्स एआईका संस्थापक फ्रेड याङले दिएको जानकारी अनुसार मागकर्ताहरुले मुख्यतया होटल, उद्योग र सुरक्षाका लागि रोबोटहरु माग गर्ने गरेका छन् । ति रोबोटहरुले होटल सफा गर्ने काममा भूमिका निर्वाह गर्ने गरेका छन् ।
त्यस्तै, बोस्टन डाइनामिक्सको रोबोट एटलसले सिइएसमा पहिलो पटक सार्वजनिक रूपमा देखा परेको थियो ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *