Breaking
December 30, 2025

चितवनमा विप्लवको नेतृत्वमा रोपाइँ महोत्सव

चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सी ले माडीको खैरहनी गाउँस्थित नेकपाको केन्द्रीय उत्पादन इकाईको खेतमा धान रोपेका छन् । शनिबार नेकपा सम्बद्ध ‘जनश्रम कृषि सहकारी संस्था लिमिटेड’ द्वारा माडी–४, खैरहनीस्थित उत्पादन इकाईमा आयोजित धान दिवस तथा रोपाइँ महोत्सवमा उनले धान रोपेका हुन् ।

सो कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै महासचिव विप्लवले धान रोपे। कार्यक्रममा बोल्दै महासचिव विप्लवले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ सामूहिक जीवनशैली अपनाउँदै देशैभर सामूहिक उत्पादन केन्द्रहरू सञ्चालन गरिएको बताए ।

राष्ट्रिय स्वाधीनता सहित वैज्ञानिक समाजवादी राज्यव्यवस्थाका लागि नेता कार्यकर्ताहरू पनि आत्मनिर्भर हुनु जरुरी रहेकोमा जोड दिँदै महासचिव विप्लवले केन्द्रीय उत्पादन इकाईको रोपाईंमा दलको दायराबाट माथि उठेर खुला मनसहित सहभागी सबैलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

धान रोपाइँ कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य सन्देश पौडेल (सी) र अन्य केन्द्रीय नेताहरू एवं माडीका जनप्रतिनिधि, राजनैतिक सामाजिक अगुवा र स्थानीयवासीहरु समेत सहभागी रहेका थिए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *