Breaking
March 4, 2026

एमाले दाङ–२ बाट महासचिव शंकर पोखरेल एकल सिफारिस

दाङ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ नेकपा (एमाले) दाङ क्षेत्र नम्बर–२ ले पार्टी महासचिव शंकर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ ।

आइतबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेललाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय संयोजक सुदन केसीले बैठकबाट पोखरेलको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको जानकारी दिए ।

दाङ क्षेत्र नम्बर–२ महासचिव पोखरेलको गृह क्षेत्रसमेत पर्दछ । पार्टीभित्र लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिएका पोखरेलको उम्मेदवारी सिफारिसले आगामी निर्वाचनमा एमालेको रणनीति स्पष्ट भएको संकेत गरेको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *