Breaking
December 30, 2025

किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छः सांसद पाण्डे

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टिप्पणी गरेका छन् ।बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको बताएका हुन् । रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिँचाइका लागि दौडनु परेको बताए ।

उनले किसानहरू मल पाए बीउ नपाउने र बीउ पाए सिँचाइ नपाउने अवस्थामा रहेका बताए । उनले सबै पाएको अवस्थामा बजारको व्यवस्थापन नहुने बताए । सांसद पाण्डेले यसरी देश कता पुर्‍याउन खोजिएको हो भनी प्रश्न समेत गरे । उनले भने, ‘किसानको अवस्था एउटा रेगिस्तानको मृगको अवस्था भएको छ । जसरी मृगले मरुभूमिमा दौडँदा दौडँदै पानीको खोजमा मृत्युवरण गर्नुपरेको छ, नेपालको किसानहरूको अवस्था त्यस्तै छ । मल पाए बीउ पाउँदैन । बिउ पाए मल पाउँदैन ।

यो दुई वटै कुरा भयो भने सिँचाइको सुविधा हुँदैन । सिँचाइ भएको ठाउँमा मल र बीउ पाउँदैन । यो सबै भयो भने बजारको व्यवस्थापन भएको छैन । किसानले गाई पालेर, गाई पनि ऋण काढेर लिएर आएको गाई र भैँसीको दूध विक्री गरेको भुक्तानी भएको छैन । यो देश कता जान खोजेको हो ? कता पुर्‍याउन खोजिएको हो ?’सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको बताए । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *