Breaking
December 30, 2025

गोरखा मिडियामा रकम प्रवाह गर्ने सहकारीको विवरण माग

काठमाडौँ । सहकारीको रकम अपचलन, दुरुपयोग र हिनामिनाबारे छानबिन गर्न गठित विशेष छानबिन समितिले छानबिनका लगि तोकिएका अनुसूची २ का ९ वटा सहकारीको विवरण माग गरेको छ । बुधबार बसेको समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात सम्बन्धित निकायबाट माग्ने निर्णय गरेको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए । 

‘त्यसमध्ये ती सहकारीहरूको पछिल्लो लेखा परीक्षण, साधारण सभाको प्रतिवेदन विवरण, सञ्चालक समितिको विवरण,लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन विवरणहरू मगाउने निर्णय गरेका छौँ’, थापाले बैठकपछि भने,‘र विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति पनि मगाउने निर्णय भएको छ ।’ 

साथै बैठकले गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न सहकारीबाट प्रवाह भएको रकम सन्दर्भमा चासो केन्द्रित भएको सभापति थापाको भनाइ छ । उनले यसअघिका विभिन्न समितिहरूका प्रतिवेदनहरू प्राप्त भएको भन्दै ती प्रतिवेदनहरू समितिका सदस्यहरूलाई अध्ययनका निम्ति वितरण गरेको बताए । 

सहकारीको समग्र विषयको अध्ययनलाई सम्पन्न गर्दै कार्यदेशले तोकिएअनुसार समितिले अध्ययन गरिरहेको भन्दै समिति सभापति थापाले सहकारीको घोटला प्रकरणको दुधको दुध पानीको पानी बनाउने बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *