Breaking
December 30, 2025

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारलाई सर्‍यो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ले आज बुधवारलाई बोलाएको सचिवालय बैठक बिहीबार बस्ने गरी समय सारेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको तयारी र भइरहेका कामहरूबारे छलफल गर्न राखिएको बैठक नेताहरूको व्यस्तताका कारण बिहीबारलाई सारिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । 

‘आजका लागि पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी समय सारिएको छ’, नेकपा एकीकृत समाजवादीका कार्यालय सचिव समेत रहेका श्रेष्ठले भने, ‘नेताहरूको व्यस्तताका कारण बैठक सार्नुपरेको हो ।’सो पार्टीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा हुँदैछ ।

त्यसका लागि १८ सय महाधिवेशन प्रतिनिधि छनोट गरिसकेको पार्टीले विभिन्न दस्ताबेजहरू अनुमोदन गर्न मस्यौदा तयार पारेको जनाएको छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *