Breaking
December 30, 2025

जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ ः किशोरी कार्की


काठमाडौं । उज्यालो पार्टीमा आवद्ध जेनजी युवा किशोरी कार्कीले अब एकजुट भएर नयाँ सोच र जागरणका साथ अगाडि बढ्ने समय आएको बताएकी छन् ।
बुधबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभामा उनले अब एकजुट भएर अगाडि बढ्न नसके सधैँ राज्यको दमनमा पर्ने भन्दै भदौ २३ र २४ गते बगेको रगत खेर नजाओस भन्नको लागि सबै सहि ठाँउमा आउन आवश्यक रहेको बताईन् ।
उनले भनिन्, ‘अहिले हाम्रो देश अन्धकारमा हुदाँ, आज म उज्यालो बत्ति मुनि उभिएको छु । अब हामी एकजुट भएर अगाडि बढेनौ भने राज्यले सधैँ हामी माथि दमन गर्ने छ त्यसकारण नयाँ सोच, नयाँ जागरणका साथ सबै जना अगाडि बढौ । भदौ २३ र २४ गते जुन भाई बहिनीको रगत बगेको छ त्यो खेर नजाओस भन्नको लागि हामी सबै सहि ठाँउमा आउन आवश्यक छ ।’
यस्तै, उनले आफू पनि वेपत्ता पीडितको छोरी भएको भन्दै क्षतिपूर्ति न्याय नभएको बताईन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले क्षतिपूर्ति पाए पनि गोली हान्ने हत्याराहरु रमाएर हिडिरहेको भन्दै क्षतिपूर्ति दिनु होईन तीनिहरुलाई कठघरामा लानु न्याय भएको उनको भनाई छ ।
उनले भनिन्, ‘म एउटा वेपत्ता पीडितको छोरी हो, त्यसकारणले पनि जेनजी आन्दोलनमा ज्यान गुमाउने परिवारहरुलाई के भन्न चहान्छु भने समय यही नै हो । अहिले आवाज उठाउन सकिएन भने न्याय पाउन गाह्रो हुन्छ र क्षतिपूर्ति न्याय होईन मैले पनि मेरो बुबा वेपत्ता हुदाँ १० लाख पाएको हो । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले क्षतिपूर्ति त पाए तर गोली हान्ने हत्याराहरु रमाएर हिडिरहेका छन् । तीनिहरुलाई कठघरामा लानु न्याय होकि क्षतिपूर्ति न्याय हो ।’
साथै, उनले कतिजनाले सडकबाट घाइतेलाई उठाएर अस्पताल लाने बित्तिकै राजनीतिमा आउनुपर्ने भन्दै प्रश्न गरिरहेको उल्लेख गर्दै राजनीति उमेरले होईन्, पीडा, भोगाई र जीवनकालले सिकाउने बताईन् ।
उनले भनिन्, ‘कतिजनाले सडकबाट एकजना घाइतेलाई उठाएर अस्पताल लाने बित्तिकै तपाई राजनीतिमा किन आउनु पर्ने, तपाईको उमेर कति नै भयो र राजनीतिमा आउन भनेर प्रश्न गर्नु भएको छ त्यसको जवाफ के दिन चहान्छु भने राजनीति भन्ने कुरा उमेरले होईन्, पीडा आफ्नो भोगाई र आफ्नो जीवनकालले सिकाउने कुरा हो ।’

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *