Breaking
March 14, 2026

सवारी साधन बन्द गर्दा मनसुनका आधारमा चलाएको पाइए प्रजिअ सहितलाई कारबाही : गृहमन्त्री लेखक


काठमाण्डौं ११ असारः गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी बर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनका बेला हुन सक्ने सडक दुर्घटना न्युनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिएका हुन् । उनले उक्त निर्णयहरुका बारेमा आम नागरिकसम्म पुगाउन सुचना प्रवाहमा ध्यान दिन आग्रह समेत गरे ।
‘कुनै ठाउँमा भारी बर्षा हुने भनिसकेपछि सवारी साधन चल्नु हुन्न भनिसकेपछि कुनै जिल्लामा सवारी साधन भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ ।’ उनले भने, ‘कारण देखाउनुपर्ने छैन् । बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैका भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ । ’ उनले उक्त विषय गृहसचिव र प्रहरी प्रमुखहरुलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशन समेत दिए ।
पहिरोले सडक अवरुद्धका साथै सवारीसाधन समेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्याहरु सिर्जना हुने गरेको बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *