Breaking
July 8, 2025

भूमि पूजा पुरातन मान्यता मात्र होइन, वैज्ञानिक आधार पनि हो ः मन्त्री पाण्डे


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले भूमि पूजाको महत्व विश्वभर फैलाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आइतबार राजधानीमा मगर समुदायले मनाउने भूमे पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूमि पूजा केवल पुरातन मान्यता नभइ वैज्ञानिक आधारसमेत भएको बताए ।
उनले भूमिको संरक्षणले जलवायु परिवर्तनका विश्वव्यापी असरहरूबाट मानव जातिलाई जोगाउन सक्ने स्पष्ट पारे ।
उनले भने, ‘पृथ्वी असन्तुलनमा जाँदैछ भन्ने चिन्ता बढ्दो छ, र मानव समाज संकटमा पर्न सक्ने खतरा देखिँदैछ ।’
यस्तै, उनले मगर समुदायको परम्परागत ज्ञान र आचरणले भूमिलाई क्षति नपु¥याउने उदाहरण प्रस्तुत गर्दै यस्ता अभ्यासहरूलाई विश्वभर फैलाउन आवश्यक रहेको बताए ।
उनले भने, ‘भूमि पूजाले जलवायु परिवर्तनको विरुद्ध सकारात्मक सन्देश दिन्छ। यसमा प्रकृति पूजाको पक्ष पनि जोडिएको छ, जसले जल, जंगल, जमिन र स्वच्छ वायुको संरक्षणको संदेश दिन्छ ।’
उनले संस्कृति मन्त्रालयद्वारा संस्कृतिक पर्वहरूको सूचीकरण र व्यवस्थापन कार्यविधि पारित भइसकेको जानकारी गराउँदै भूमे पर्वलाई पनि सूचीकरण गरिने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *