Breaking
March 10, 2026

रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ ?’


काठमाडौं । नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले रास्वापालाई पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नौतिकताले दियो ?भन्दै प्रश्न गरेका छन् ।
आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘रास्वपाले नौतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरुले पाँचवटा अदालतमा सहकारीमा ठगी, सम्पत्ति सुद्दीकरण संगठित अपराधको मुद्दा खेपिरहेका सर्वोच्चले समेत थुनामा राख्न आदेश दिएको व्यक्तिलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नैतिकताले दियो ?’
उनले नैतिकताको पाठ सिकाउने रास्वपाले आफैबाट सुरु गर्नुपर्ने धारणा राखे।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *