Breaking
December 28, 2025

एउटै मञ्चबाट ४ विजेता घोषणा

काठमाडौँ । ‘मिस एन्ड मिस्टर जुनियर एन्ड सिनियर आइडल–२०२४’को एउटै मञ्चमा एकसाथ ४ विजेता घोषित भएका छन् । स्पार्कल इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित प्रतियोगितामा सिनियर र जुनियर र जुनियर ‘बी’ र ‘मिस्टर जुनियर’ गरी एकसाथ ४ विजेता घोषणा गरिएको हो ।

प्रतियोगितामा जुनियरतर्फ रियान्सु दाहालले शीर्ष उपाधि जित्दा फस्ट रनअप र सेकेण्ड रनरअप क्रमशः सुप्रिया उप्रेती र तेजस्वी केसी भए । तेजस्वीले पब्लिकच्वाइज सबटाइटल समेत हात पारिन् । यस्तै, जुनियर ‘बी’ तर्फ पूर्णिमा थापा विजेता घोषित हुँदा भार्गवी शर्मा फस्ट रनरअप र इनिका काफ्ले सेकेण्ड रनरअप भए ।

यस्तै, सिनियरतर्फ सृष्टि बमजन विजेता बन्दा फस्ट रनर अफ नुमा राई तथा सेकेण्ड रनरअप पलेस्वा रघुवंशी भए । यस्तै ‘मिस्टर जुनियर’तर्फ अनमोल उप्रेती विजेता बनेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति एवं वरिष्ठ गायक शम्भु राईको आतिथ्यमा सम्पन्न यस प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, इभेन्ट अर्गनाइजर निशु झा, अभिनेता रमेश उप्रेती,  मिसेस युनिभर्सल सुस्मा सुवेदी, स्नेहा पोखरेल र विना श्रेष्ठ निर्णायक रहेका थिए । 

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *