Breaking
March 14, 2026

छुवाछूतमुक्त राष्ट्र घोषणा दशवर्षे जनयुद्धको ऐतिहासिक पहल : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा शुभकामना दिएका छन् ।
बुधबार छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा शुभकामना सन्देश दिदैँ प्रचण्डले सामाजिक विभेद अन्त्य आफ्नो पार्टीको नेतृत्वमा भएको दशवर्षे जनयुद्धको ऐतिहासिक पहल भएको बताए ।
‘वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थ विरुद्ध बृहत् शान्ति सम्झौता पश्चात वि.सं.२०६३ साल जेठ २१ गते पुनस्र्थापित संसद्बाट नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको थियो। यो घोषणा साढे तीन हजार वर्षदेखि दलित समुदायमाथि भइरहेका सामाजिक विभेद अन्त्य गर्न गरिएको ऐतिहासिक पहल थियो। हाम्रो पार्टीको नेतृत्वमा सञ्चालन भएको दशवर्षे जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनको जगमा निर्माण भएको नेपालको संविधानले दलित समुदायका हक÷अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ,’ प्रचण्डले सन्देशमा लेखेका छन् ।
उनले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता, सार्वजनिक क्षेत्रमा सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता संविधानमा उल्लेख हुनु ऐतिहासिक उपलब्धि रहेको बताए ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *