Breaking
December 28, 2025

आयोन वाई गाडीको बेजोड अफर : ५ लाख ८५ हजार डाउनपेमेन्टमा गाडी

काठमाडौँ । जीएसी मोटर्सको अधिकृत बिक्रेता सीजी मोटर्सले आयोन वाइ को खरिदमाएक अफरको घोषणा गरेको छ । जसअनुसार ५ लाख ८५ हजार डाउनपेमेन्टमा गाडी उपलब्ध हुनेछ । कम्पनीले भनेको छ, ‘हालै नेपालमा विक्री वितरण सुरु भएको आयोन वाइ  अब केवल रु. ५.८५ लाखको न्यूनतम डाउन पेमेन्टमा उपलब्ध गराईएको छ, जसले यस एसयूभीलाई निकै पहुँचयोग्य बनाएको छ।

बाहेक, ग्राहकहरूले आफ्नो पुरानो सवारी साधनमा रु. २ लाखसम्म टपअपबाट प्राप्त गर्दै निश्चित एक्सचेन्ज फाइदा लिन सक्छन् । साथै, आयोन वाइ को खरिदमा थप  रु २ लाखसम्मको नगद छुटको पनि सुविधा रहेको छ।’यो विशेष अफरमा १ वर्षको बीमा र पहिलो १ वर्षको सडक करको भुक्तानी जस्ता निःशुल्क सुविधाहरू पनि समावेश रहेको कम्पनीले जनाएको छ ।  कम्पनीले यो गाडी बजेटअघिकै मूल्यमा सीमित समयको लागि उपलब्ध रहेको जनाएको छ ।  

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *