Breaking
March 13, 2026

शिक्षा ऐन र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा नेपाली कांग्रेस दृढ रहेको बताएका छन् ।
नेपाली कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभाग पेशागत सम्मान, सुरक्षा र मर्यादित कामका लागि श्रमजीवीका कुरा विषयक कार्यक्रममा बोल्दै उनले श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको बताए । उनले श्रम ऐनको कार्यान्वयनमा कांग्रेसले पहल गर्ने बताएका हुन् ।
उनले भने, ‘शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ । श्रम क्षेत्रको कानून कार्यावयनमा केही समस्या रहेको गुनासो आएका छन् । ऐनको कार्यान्वयनका लागि कांग्रेसले पहल गर्ने छ । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज होस् भन्नका निम्ती कानून संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक छ ।’
साथै उनले सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिएको र योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज बनाउनुपर्ने बताए । उनले त्यसका लागि कानून संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *