Breaking
December 14, 2025

टुँडिखेलबाट थाल्यो ‘घरज्वाइँ’ले प्रचार

काठमाडौँ । असार २८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘घरज्वाइँ’ प्रचार सुरु भएको छ ।  शनिबार टुँडिखेलमा आयोजित मगरहरूको पर्व भूमेकोबाट फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीमगरले बताए । अर्थमन्त्री वर्षमान पुनको समेत सहभागिता रहेको कार्यक्रममा ‘घरज्वाइँ’ टिमका तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत सहभागी थिए ।

कार्यक्रममा अभिनेता दयाहाङ राईले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । आफू भोजपुरमा जन्मिएको राईको छोरो भएपनि पूर्वी रुकुमको एक मगर युवाको जीवन फिल्ममा बाँच्न पाएको र आफूले यो कारेक्टरलाई न्याय दिने दिलोज्यान लगाएको उनले भनाई राखे । अभिनेत्री मिरुना मगरले आफू सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न नपाएको बताइन् । ‘घरज्वाइँ’ले आफूलाई यो अवसर जुराएको उनले बताइन् । 

अर्थमन्त्री पुनले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म पूर्वी रुकुम आसपासमा छायांकन गरिएको हो । निर्देशक अनिल आफैले लेखेको फिल्मको  पटकथा तथा संवाद विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । फिल्ममा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय छ ।

सम्बन्धित खबरहरु..

Leave a Reply

Your email address will not be published. Required fields are marked *